कास्की प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना नियन्त्रणमा
पाेखरा | बैशाख १०, २०८३
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ ।
उक्त अपरेसनबाट १० घण्टामा १ सय २२ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरुले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्म सञ्चालन गरेको थियो ।
सोही क्रममासमाजमा अशान्ति फैलाउने, टोल गुण्डाका रुपमा धम्की दिने, गुण्डागर्दी गर्ने, लागूऔषध बिक्री वितरण तथा सेवन गर्ने, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने र रातिको समयमा शंकास्पद रुपमा हिँडडुल गर्नेहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको हो ।
यस अभियानका लागि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयबाट १०० जना प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीले पोखरा महानगरका वडा नम्बर १, २, ३, ४ र ५ अन्तर्गत पर्ने कसरी, बागलुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लब्लिडाँडा र प्रस्याङ क्षेत्रबाट ९ जना पक्राउ परे ।
यस्तै, वडा नम्बर ६ को लेकसाइड, ड्यामसाइड र गैराको चौताराबाट सबैभन्दा धेरै ३५ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्सपेक्टर गणेश पाण्डेले जानकारी दिए ।
उनका अनुसार वडा नम्बर ८ का बगाले टोल, सभागृह चोक र शिवालय चोकबाट ६ जना पक्राउ परेका छन् । वडा नम्बर ९ र १० का पृथ्वीचोक, रंगशाला, बुद्धचोक र अस्पतालचोक क्षेत्रबाट २० जना समातिएका छन् ।
वडा नम्बर ११, १२ र १३ का तुलसीघाट, शीतलादेवी, काँहुडाँडा र काँहुखोला क्षेत्रबाट ८ जना पक्राउ परेका छन् भने वडा नम्बर १४ र १५ का विमानस्थल, फुलबारी, खसीबजार र रामबजार क्षेत्रबाट १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, पोखराका अन्य क्षेत्रहरु बाटुलेचौर र लामाचौरबाट २ जना, चिसापानी र मेथलाङबाट २ जना पक्राउ परेका छन् । पोखरा–२७ र २८ का दिपाङताल र रिठेपानी क्षेत्रबाट ६ जना, वडा नम्बर २९ र ३० का भण्डारढिक, सैनिक बस्ती, पटनेरी र तावामुख क्षेत्रबाट १२ जना तथा वडा नम्बर ३२ का राजाचौतारा र लामेआहाल डम्पिङ साइडबाट ३ जना पक्राउ परेका छन् ।
पोखरा बाहिर माछापुच्छ्रे गाउँपालिका क्षेत्रबाट ३ जना र अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरुमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

